खगेन्द्र पराजुली
२३ श्रावण, नवलपुर ।
देबचुली ७ मा निर्माणाधिन अवस्थामा रहेको खेलमैदानमा बाढी सहित झरेको पहिरो पन्छाउने क्रममा गरिएको अवरोधलाई प्रतिसोधको संज्ञा दिईएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुसालका अनुसार कानून नमान्ने र कसरी स्थानीय सरकारलाई असफल गराउने भन्ने मानसिकताका केही ब्यक्तिहरु समेतको समूहको गतिबिधिका रुपमा आफ्नो बुझाई रहेको बताउनुभयो ।
वहाँले केही दिन अगाडी निजी क्षेत्रबाट अबैध रुपमा नदीजन्य र खनिजजन्य बस्तु उत्खनन् र ओसारपसारमा संलग्न साधनलाई दण्ड–जरिवाना र कार्वाही गरिएपछि नगरपालिकाद्धारा गरिएको काममा अवरोध पुर्याउन खोजिएको बताउनुभयो ।
वहाँले बाढी पहिरोको अवरोध हटाउन, फोहोरमैला ब्यवस्थापनका सन्दर्भमा गर्नुपर्ने आवश्यकीय काम तथा आपतकालीन अवस्थामा भने मेसीन लगायत हेभी इक्युपमेण्ट सहितका स्रोत र साधन प्रयोग गर्न सकिने हुँदा सोही बमोजिम बाढी पसेर मैदान बिगारेका कारण त्यहाँको माटो पन्छाउनुपरेको र सो माटोलाई देबचुली ११ र १२ को सिमानामा अस्थायी रुपमा प्रयोग गरिदै आएको फोहोरमैला ब्यवस्थापनको साईटमा जनताकै आग्रहमा काममा लगाईएको बताउनुभयो ।
वहाँले कानून सबैका लागी हो भन्दै ब्यवसायीहरुले आफूहरु समेत कानून तथा नीतिगत रुपमा बैधता पूरा गरी नगरले गरेका परिणाममुखी अभियानमा सघाउन समेत आग्रह गर्नुभयो ।
वातावरण संरक्षण ऐन नियमावली तथा प्रचलित कानुन बमोजिम राज्यले लागु गरेको कानुन नगरपालिका बाटै कार्यान्वयन नभएको भन्दै देवचुली नगरपालिकामा चर्को बिरोध भएको थियो । बुधवार देवचुली नगरपालिका ७ सेन्ट्रल प्लट खेल मैदानमा जेसिबी चल्दै गर्दा ट्रयाक्टर ब्यवसायीले काम गर्न नदिएर बिरोध जनाएका थिए । नगरपालिकाले नगरभित्र रहेका ट्रयाक्टर तथा जेसिबीले असार,साउन र भदौ महिनामा उत्खनन र ओसारपसार गर्न नपाउने नियमलाई जनतामा मात्रै लागु गर्न खोजेको भन्दै ब्यवसायीहरु आक्रोसित भएका हुन् ।
राज्यको कानुन जनतामा मात्रै लागु हुने नगरले कार्यान्वयन गर्नु नपर्ने अवस्थाको सिर्जना भएको भन्दै देवचुली ट्रयाक्टर ब्यवसायी समितिका सचिव ओमराज अधिकारीको गुनासो रहेको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment