खगेन्द्र पराजुली / सागर पोख्रेल
११ अशोज, नवलपुर ।
प्रदेश ५, १, २ र ३ लाई निम्तो दिन निस्केको गण्डकी प्रदेशको टोलीले नवलपुरको कावासोती १५ मा समुदायस्तरवाट सञ्चालित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको अवलोकन गरेको छ ।
धेरै भन्दा धेरै आन्तरीक पर्यटक भित्र्याउने उदेश्यका साथ गण्डकी सरकारका बन बातावरण तथा पर्यटन मन्त्री बिकास लम्सालको नेतृत्वमा बिहीवार पोखराबाट निस्किएको टोली आज नवलपुर हुदै प्रदेश ३ अन्तर्गतको चितवनको भरतपुर महानगरपालिका र हेटौडामा निमन्त्रणा दिदै बिरगञ्ज पुग्ने जनाईएको छ ।
आज पर्यटन मंत्री लम्सालले अमलटारीमा निर्माण गरिएको बन्यजन्तु संरक्षणका निम्ति चेतनामूलक सांकेतिक प्रतिक पाटेबाघ तथा हरिण–मृगको प्रतिमुर्तिको अनावरण गर्नुभएको हो ।
यहाँ निर्मित पाटेबाघको प्रर्तिमूर्ति नेपालकै ठूलो आकारको भएको दावी छ ।
अनावरणपछि आयोजित एक कार्यक्रममा मंत्री लम्सालले गत बर्ष होमस्टेको पुर्वाधार निर्माण र प्रवद्धनका लागी गण्डकी प्रदेश सरकारले २ सय ९४ बटा होमस्टे लाई ३० करोड रुपैया प्रवद्र्धनका लागी वितरण गरेको बताउदै अव होमस्टे संचालकहरुले परिणाम देखाउने बेला आएको बताउनुभयो ।
गण्डकी प्रदेश सरकारद्धारा संचालन गरीएको पर्यटन प्रवद्र्धन कार्यक्रम सहित कावासोती आउनुभएका मन्त्री लम्सालले यस आर्थिक बर्षमा २५ करोड रकम होमस्टेलाई प्रदान गर्ने गरी बजेट विनियोजन गरेको बताउदै अवको बजेट समानुपातिक रुपमा नभई गुणस्तर र पर्यटन विकासमा टेवा पुर्याएका र गुणत्मक परिणाम देखाउने होमस्टेलाई दिईने बताउनुभयो ।
वहाँले गण्डकी प्रदेशभित्र यसबर्ष अरु ३० बटा नयाँ होमस्टे स्थापना गरिने बताउनुभयो ।
मन्त्री लम्सालले गत बर्ष होमस्टेलाई रकम वितरण गर्दा कार्यकर्तालाई रकम बाडेको आरोप लागेको भन्दै होमस्टे संचालकहरुले परिणाम आउने गरी काम गर्न आग्रह गर्नुभयो ।
उहाँले प्रदेश सरकारले पर्यटन प्रवद्धन र विकासका लागी प्रदेश सरकारले गण्डकी प्रदेशका कर्मचारीहरुलाई एक हप्ता भ्रमण गर्न विदाको साथै एक महिनाको तलव दिएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिब हरीप्रसाद भुसालले अमलटारी होमस्टेले पछिल्लो समय नवलपुर जिल्लाकै भिन्न पहिचान र परिचय बनाउन सकेको बताउनुभयो ।
नवलपुर जिल्लामा पर्यटन विकासको प्रसस्त सम्भावना रहेको बताउदै गण्डकी प्रदेश सरकारले अव हरेक जिल्लालाई समान रुपमा पर्यटन विकासमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आलेले गर्नुभएको थियो भने सञ्चालन कावासोती नगरपालिकाका उप–प्रमुख प्रेमशंकर मर्दनियाले गर्नुभएको थियो ।
टोलीले प्रदेश ५ को पाल्पा, बुटवलमा अभियान अन्तर्गतको भेटघाट गरी आएको जनाएको छ । जनप्रतिनिधि, पर्यटन ब्यवसायी, कलाकार, पत्रकार लगायत ८१ जना टोलीमा सहभागी रहेको जनाईएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment