खगेन्द्र पराजुली,
१२ अशोज, नवलपुर ।
गएराती नवलपुरको देबचुली १० भगबतीटोलस्थित भगबती मन्दिरको दानपेटिका बाकस चोरी भएको छ । चोरले काठको ढोकामा ताला लगाउने हेण्डिलको ताला अड्काउने नत्थी फोडेर मन्दिर भित्र रहेको दान संकलन पेटिका नै लगेका थिए ।
प्रत्येक वर्ष नवदुर्गा लागेसँगै मन्दिरमा आयोजना गरिने नवदुर्गा पूजाको सरसल्लाह गर्न राती ११ बजेसम्म मन्दिरमै स्थानीय भेला भएका थिए । आज घटस्थापनाका लागी कोठा पुज्ने लगायतका सल्लाह गरेका थिए । त्यसपछि एकैचोटी बिहान मन्दिर सरसफाई गर्न र पूजा प्रारम्भको तयारी गर्न मन्दिर पुग्दा मन्दिरमा चोरी भएको थाहा भएको हो ।
वर्षमा २ पटक खोलिने दानपेटिका गत चैत्रमा खोलिएको थियो । बाकस मन्दिर ब्यवस्थापन समितिको रोहोवरमा आज (आईतवार) खोलिने समेत सल्लाह भएको स्थानीयले बताएका छन् ।
बाकसमा करीव १४–१५ हजार रुपैया भएको हुन सक्ने अनुमान छ । दैनिक पूजा हुने भगवतीटोलको सार्वजनिक मन्दिरको संरक्षण देबचुली १० भगवतीटोल र देबचुली ११ र १४ प्रगतिटोलका करीव १ सय घरले गर्ने गरेका छन् ।
प्रत्येक एकादशीमा हुने भजनकिर्तन तथा बिशेष गरेर जनै पूर्णिमाका दिनमा संकलित दान पेटिकाको रकम चोरी भएको हो ।
चोरले दान पेटिका मन्दिरबाट केही पर बारीको घाँसे झाडीमा फोडेर नगद लगेको र बाकस त्यही छोडेका थिए ।
दलदलेस्थित अस्थायी प्रहरी चौकीका प्रमुख अर्जुन रानाले चोरी गर्ने ब्यक्तिको खोजी भैरहेको बताउनुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment