खगेन्द्र पराजुली,
१२ अशोज, नवलपुर ।
रानाभाट–भाट समाज नवलपुर जिल्ला कार्य समितिले शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज गैंडाकोट नगरपालिका वडा नम्वर १५ अमरापुरीमा रहेको अमरापुरी बहुउदेशीय सहकारी संस्थाको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको हो ।
समाज जिल्ला कार्य समितिले बिजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान–प्रदान तथा एसईई २०७५ मा ए प्लस र ए ग्रेड ल्याउन सफल रानाभाट–भाट समाजका बिद्यार्थी र नवलपुरबाट केन्द्र र क्षेत्रिय कार्य समितिमा प्रतिनिधित्व गर्नुभएका पदाधिकारी प्रतिनिधिलाई सम्मान गरेको हो ।
कार्यक्रम रानाभाट–भाट समाज नवलपुर अध्यक्ष सन्तबहादुर रानाभाटको अध्यक्षता तथा समाजका केन्द्रिय महासचिव हरि रानाभाटको प्रमुख आतिथ्यतामा भएको हो ।
सम्मान कार्यक्रममा नवलपुरबाट २०७५ को एसईईमा ए ग्रेडभन्दा माथीको नतिजा ल्याउन सफल ९ जना बिद्यार्थीलाई सम्मान गरिएको जिल्ला सचिव समर रानाभाटले जानकारी दिनुभयो ।
कार्यक्रममा केन्द्रिय सह कोषाध्यक्ष मनबहादुर रानाभाट र जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको बिशेष आतिथ्यता रहेको थियो भने सचिव समर रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment