खगेन्द्र पराजुली
९ अशोज, नवलपुर ।
देबचुलीको मुकुण्डे खोलामा ५५ बर्षका स्थानीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । देबचुली नगरपालिका वडा नम्वर १६ रजहर सालघारीका ५५ बर्षीय लक्ष्मीनारायण महतो मध्यान्ह १२ बजेतिर खोलामा मृत अवस्थामा भेटिएको स्थानीयले बताएका हुन् ।
बिहानै खेतमा बालीनाली हेर्न भनेर घरबाट निस्किएका महतो धेरैबेरसम्म नआएपछि परिवारले छिमेकमा बुझ्दै गर्दा खोलामा घोप्टो अवस्थामा भेटिएपछि स्थानीयले नै प्रहरीलाई खवर गरेपश्चात् प्रारम्भिक अनुसन्धान सहित मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागी भरतपुर स्थित सरकारी अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
घटनाको अन्य अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment