खगेन्द्र पराजुली
८अशोज, नवलपुर ।
कावासोतीबाट लागु औषध सहित एक जना किशोर पक्राउ परेका छन् । कावासोती नगरपालिका १६ चालिसकिलो जंगलस्थित मुख्यमार्गमा सवारी साधन चेकजाँचका क्रममा १९ बर्षका आशिष नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
भैरहवाबाट पोखरा जाँदै गरेको ना ६ ख ७४९५ नम्वरको बसमा सवार नेपाली तनहुँ ब्यास नगरपालिका ४ का भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी लक्ष्मण रानाभाटले जानकारी दिनुभएको छ ।
प्रहरीलाई शंका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट फेनरागन, डाइजोपाम र नुफ्रिन १ सय १० सेट अर्थात् समान १ सय १० एम्पुलका दरले ३ सय ३० एम्पुल र नाईट्रोभेट ५ ट्यावलेटका साथ पक्राउ गरी अनुसन्धानका लागी कावासोती स्थित जिल्ला प्रहरी कार्यालय ल्याईएको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment