खगेन्द्र पराजुली,
८अशोज, नवलपुर ।
नवलपुरमा ६५ बर्षीय बृद्धबाट बलात्कृत १४ बर्षीया बालिका गर्भबती भएकी छन् । कावासोती नगरपालिका वडा नम्वर १३ गैरीमा बस्दै आएका ६५ बर्षका टेकबहादुर घलेले १४ बर्षकी एक बालिकासँग यौन सम्पर्क गरेको स्वीकारेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर १६ स्थायी घर भएका घलेलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले गैरीबाट पक्राउ गरेको हो । हिजो अदालतबाट जवरजस्ती करणी ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभएको छ ।
बालिकाको अभिभावकले जिल्ला प्रहरी कार्यालय नवलपुरमा दोषीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएपछि घलेलाई २ दिन अगाडी पक्राउ गरिएको अधिकारीले बताउनुभयो ।
बालिकाको पेट अस्वभाविक रुपमा बढ्दै गएपछि घटना बाहिर आएको हो ।
बालिकाको स्वास्थ्य परीक्षण लगायत अन्य अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
पिडीत बालिका भएकाले उनको गोपनियताका लागी परिचय गोप्य राखिएको छ । पिडीत बालिका मंगोलियन मुलकी हुन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment