बुधवार, ८ अशोज, चितवन ।
नेपाली काँग्रेसका मुख्य सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले कालिगण्डकी डाईभर्सन निर्माणलाई रोक्न नहुने तर्क अगाडी सार्नभएको छ । देशैभरी चर्चा पाएको कालिगण्डकी डाईभर्सन निर्माण आयोजनाको बिषयमा कोही पनि वाधक हुन नहुनेमा उहाँले जोड दिनुभएको होे ।
प्रेस युनियन चितवनले आज (बुधवार) आयोजना गरेकोे पत्रकार सम्मेलनमा नेता खाँणले कालिगण्डकीको सवै पानी नभई केही पानीलाई डाईभर्सन गर्ने हुँदा यसको विरोध गर्न नहुने बताउनुभएको होे । गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सिमानाका रुपमा रहेको कालिगण्डकीले दिएको सभ्यतालाई नबिगारी निर्माण गर्नुपर्ने वहाँको तर्क थियो । विकासका योजनामा पक्ष र बिपक्षमा बहस हुनु नौलो नभएको भन्दै वृहत छलफल गरेर योजना निर्माणलाई अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आफू सिँचाई मन्त्री हुँदा भेरी बबई डाईभर्सनमा पनि यस्तै विवाद आएको तर आफूले वृहत छलफल गरेर त्यसको निर्माण कार्य अघि बढाएको सम्झना गर्दै नेता खाँणले विरोध गर्नेहरुलाई राम्रोसँग वुझाउन सक्नुपर्ने बताउनुभयो । वहाँले सवै पक्षलाई राखेर राम्रोसँग छलफल गर्दा समस्याको समाधान हुने बताउनुभएको छ ।
विष्णु पौडेल अर्थमन्त्री भएको बेला कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउ नदीमा खसालेर रुपन्देही र कपिलवस्तुमा सिंचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी-तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना घोषणा भएको थियो । झण्डै ४० अर्ब लागतको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही तलबाट सुरुङ बनाउने योजना छ ।
तर गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेशका बिभिन्न राजनैतिक दलका जिल्ला तहदेखि केन्द्रिय तहका नेता, धार्मिक साँस्कृतिक सम्वद्ध अगुवासँगै पूर्बीपाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका जनता डाइभर्सनको विरोधमा छन् भने ५ नम्वर प्रदेशबाट केन्द्रिय स्तरमा नेतृत्व गरेका नेकपाका बिष्णु पौडेलपछि नेपाली काग्रेसका प्रभावशाली युवा नेता बालकृष्ण खाँणले सार्वजनिक रुपमा डाईभर्सनको पक्षमा धारणा प्रस्तुत गरेका छन् ।
कालीगण्डकी डाइभर्सनले राम्दी, केलादी धामदेखि देवघाटसम्मका थुप्रै धार्मिक क्षेत्रलाई समाप्त गर्ने भन्दै स्थानीय जनप्रतिनिधि पनि विरोधमा छन् ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment