खगेन्द्र पराजुली,
०७ असोज, नवलपुर ।
गएराती र आज मंगलवार बिहानै नवलपुरका ३ स्थानमा छुट्टाछुट्टै दुर्घटना भएका छन् । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने २२ जनाभन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गएराती करीव १० वजेतिरको समयमा कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिदा कारमा सवार पाचै जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा देबचुली नगरपालिका वडा नम्वर १ केउरेनीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर बिश्वकर्मा, देबचुली ५ बस्ने दिल बहादुर ढेगाँ मगर, देबचुली नगरपालिका वडा नम्वर १० पृथ्वीनगरका दिपेश राना र हिरा राना सहित कारमा सबार कैलालीका सुरज बाचेमगर रहेको अस्पतालमा पुगेका आफन्तले बताएका छन् ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं. को कार एक आपसमा ठक्कर खान जाँदा कारमा सवार ५ जना पुरुष व्यक्तिहरूको मृत्युु भएको हो ।
त्यस्तै गएराती नै दाङबाट काठमाण्डौ जाँदै गरेको ना.७ ख.८६४२ बस अरूणखोलामा दुर्घटना हुदा मकवानपुर हेटौडा घर बताउने वस चालक ३५ बर्षका लक्ष्मण तिमिल्सिनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ भने घाईते १५ जना यात्रुको बिभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । वस आफै अनियत्रित भई दुर्घटना भएको बताईएको छ ।
यसैगरी आज बिहानै चोरमारामा ना ४ ख ९५१० नम्वरको सुर्खेतवाट बिरगंजका लागी गुडेको वस अनियन्त्रित भई पल्टदा बसमा सवार ७ जना घाईते भएको नवलपुर प्रहरीले जनाएको छ । घाईतेको बिभिन्न अस्पतालमा उपचारका लागी पठाईएको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment