खगेन्द्र पराजुली,
६ अशोज,पर्वत।
पर्वतको फलेबास १० कुर्घामा गोबर ग्यासको खाडलमा परेर एक बालकको ज्यान गुमेको छ । आज (सोमबार) आफ्नै घरको आगनमा खेलिरहेका साढे १ वर्षका बालकको खाडलमा डुबेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार आगनमा खेल्दै गरेका डेढ वर्षका रेगम नेपाली नाम गरेका बालक गोबर ग्यासको खाल्टोमा परेका दिए, उनलाई उपचारका लागी फलेबासस्थित अस्पताल पुर्याए पनि डाक्टरले निधन भईसकेको बताएको हो ।
घरमा कोही नभएको बेला आगनमै खेलेका बालक खाल्डोमा खसेको प्रारम्भिक अनुसंधानमा खुलेको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment