Monday, September 23, 2019


खगेन्द्र पराजुली
सोमवार, ६ अशोज, नवलपुर । 


पाकेर थन्क्याउने बेलासम्म पनि धान नपसाएपछि कृषक चिन्तित छन् । नवलपुरको देबचुली नगरपालिका वडा नम्बर १० का कृषकले यस वर्ष लगाएको उन्नत जातको ‘गरिमा’ धान नपसाएपछि स्थानीय कृषक चिन्तामा परेका हुन् । 

पहिले अरु जातका उन्नत धान लगाउँदै आएका यहाँका केही किसानले यस पटक ‘गरिमा’ जातको धान लगाएका थिए । अहिले यस ठाउँमा लगाईएका अन्य धानमा फल लागेर कतै धान काट्न थालिसकिएको छ भने कुनै धानका वाला झुलिरहेका छन् । तर, गरिमा जातको धानमा पसाउने गुबो नै नदेखिएकाले पराल मात्रैमा चित्त बुझाउनुपर्ने भएको छ । 

पोहोर पोहोर राम्रो फल लागेको उन्नत जातको बिउ भनेर पोकामा प्याक गरिएको बीउ लगाईयो तर अहिले धान फलाएर भित्र्याउने बेलामा धान पसाउन नसक्दा बर्षभरी खाने अन्नकै संकट लाग्ने भयो स्थानीय कृषक जगमोहन कंडेलले गुनासो गर्नुभयो । 

आफ्नो खेती गर्ने जमिन नभएपनि जग्गा ठेक्कामा लिएर धान लगाउनुभएकी देबचुली १० कै कृषक पार्वती कुँवरले १० कट्ठामा  लगाएको गरिमा धानमा बाला नै नलागेपछि बालबच्चालाई बिहान बेलुका कसरी खुवाउने चिन्ता त छदैछ जमिनको ठेक्काको रकम सहित खेती लगाउँदादेखि अहिलेसम्मको खर्च र मेहनत सबै खेर गएको दुखेसो पोख्नुभयो । 

उता, नेपाल पारा भेटेरीनरी एण्ड लाईभस्टक एसोसिएसन (नेभ्ला) नवलपुरका अध्यक्ष एवं भेटेरिनरी प्राबिधिक सत्यनारायण भुसालले दलदले स्थित आफैले सञ्चालन गरेको प्रगति एग्रोभेटबाट करिब २ सय केजी, खरेल एग्रोभेट प्रगतिनगरमा करिव ४ सय केजी, रजहरस्थित साझाबाट करिब ५ सय केजी,  चौधरी एग्रोभेट रजहर र मंगल् भेट बाट करिव २ सय केजी गरिमा धानको बीउ बिक्री भएको अनुमानित बिवरण रहेको बताउनुभयो । 
यो हिसावले प्रति केजी २ कट्ठाका अनुपातमा रोपाई हुने गरिमा धान १ सय ३० बिगाहा क्षेत्रफल प्रभावित हुन सक्ने अनुमान समेत गरिएको छ । 

कृषकको गुनासो बीउ बिक्री गरिएका पसलसम्म पुगेपछि दलदलेको प्रगती एग्रोभेटले गरिमा धानको बीउ खरिद गरेका किसानहरुले क्षतिपुर्ती मागका लागि बिवरण टिपाउन आग्रह गरेको छ । 

एग्रोभेट सञ्चालक सत्यनारायण भुसालले कृषकलाई आफ्नो नाम ठेगाना फोन नम्बर र आफुले लगेको बिउको परिमाण टिपाउन अनुरोध गर्नुभएको हो ।

नेभ्ला अध्यक्ष भुसालले यो बीउ नेपाल सरकारले दर्ता गरेको हुनाले सम्बन्धित पक्ष र निकायसँग क्षतिपुर्ती मागका लागि पहल गरिने बताउनुभयो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *