खगेन्द्र पराजुली
५ अशोज, नवलपुर ।
देबचुलीको वडा नम्वर ४ मा भएको भलिवल प्रतियोगितामा कावासोतीको जिएम समाजले प्रथम स्थान हासिल गरेको छ । प्रथम स्थान हासिल गरेसँगै जिएम समाजले नगद २५ हजार रुपैंयाका साथमा खेलाडीहरुले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै, रजहरको रोजिना सुनचाँदी पसलको समुहले दोस्रो भएसँगै १५ हजार रुपैयामा चित्त बुझाएको छ ।
कृयटिभ युवा सञ्जालको आयोजनामा सञ्चालित वडाध्यक्ष कप खुल्ला नकाउट भलिवल प्रतियोगितामा सान्त्वना स्थानमा रहेका २ वटा समूहलाई नगद ५–५ हजार रुपैया प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । सान्त्वना स्थानमा देउराली मगर समाज बिशालटार र मिनीभ्याली खेलकुद समिति देबचुली ४ शान्तिगैरा आएका हुन् ।
प्रतियोगिताको समापन कार्यक्रमको अध्यक्षता कृयटिभ युवा सञ्जालका अध्यक्ष अर्जुन थापा दराईले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली देबचुली नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठको रहेको थियो ।
पुरस्कृत हुने समूहका खेलाडीलाई प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख श्रेष्ठ, वडाअध्यक्ष गिरबहादुर थापा (राम) लगायतले नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment