खगेन्द्र पराजुली
५ अशोज, नवलपुर ।
संबिधान दिवसका अवसर पारेर र बिश्व सरसफाई दिवसका अवसर पारेर नवलपुरमा पनि बिभिन्न ठाउँहरुमा सरसफाईका गतिबिधिहरु निकै नै भए । स्थानीय समाचार माध्यमहरु सहित सामाजिक सञ्जालमा गतिबिधिले निकै चर्चा पाएका थिए । हिजो मात्रै परेको बिश्व सरसफाई दिवसका अवसरमा बातावरणसँग सम्वन्धित थुप्रै संससंस्थाहरुले फोहोरको उचित ब्यवस्थापन गर्नुपर्ने जनचेतना सहितका कार्यक्रमहरु सम्पन्न भएको खवरले समेत स्थान पाएका थिए ।
तर, नवलपुरको सदरमुकाम कावासोतीको करीव डेढ किलोमिटर पुर्वमा पर्ने पुर्व–पश्चिम लोकमार्ग अन्तर्गतको खरकट्टाको जंगल क्षेत्र अवस्थित सडककै किनारामा दुबैतर्फको फोहोरले गर्दा यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।
वसमा यात्रा गर्ने यात्रुदेखि अन्य माध्यमवाट सो क्षेत्र हुदै यात्रा गर्ने यात्रुले नाक मुख नै थुनेर यात्रा गर्नुपर्ने बताउँदछन् ।
उता, १५ दिन अगाडी वातावरण दुर्घन्धित भएको जनगुनासो कावासोती नगरपालिकामा परेपछि नगरपालिकाको आफ्नै जेसिभीले सोे स्थानमा थुप्रिएको फोहोरलाई पुरेको थियो । तथापि, पुनः सोही ठाउँमा नयाँ फोहोरजन्य पदार्थहरु जम्मा हुन थालेका छन् ।
शहरीकरणका रुपमा बिकसित हुँदै गईरहेको नवलपुरको कावासोती बजार क्षेत्रबाट अत्याधिक रुपमा फोहोर उत्पादन भएकाले र नगरपालिकाद्धारा फोहोरको उचित ब्यवस्थापन गर्ने ठाउँ तथा स्पष्ट नीति नहँुदा यस्तो समस्या आएको सरोकारवालाहरु बताउँछन् ।
त्यस्तै, सरसफाईमा नियमन गर्ने निकाय भन्दा पनि स्वयं नागरीक सचेत हुन आवश्यक रहेको सरोकारवालाको भनाई छ ।
सो स्थानमा पहिले पहिले रुटमा चल्ने यात्रु तथा मालवाहक साधनले समेत फोहोरजन्य सामाग्री फ्याक्ने गरेको भए पनि अहिले भने वजार क्षेत्रकै फोहोर बोरामा वाँधेर फालिएको अवस्थाका भेटिन्छन् ।
बिशेष गरेको पसल तथा होटल, मासु बेचबिखन गर्ने फ्रेस हाउसबाट निस्कने प्रकृतिका फोहोरले उक्त स्थान धेरै दुर्घन्धित हुने गरेको छ ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment