खगेन्द्र पराजुली
५ अशोज, नवलपुर ।
देवचुली नगरपालिकाको प्रगतिनगर अन्तरगतको मुख्यमार्गको समानान्तर बाटोको रुपमा मानिएको जनज्योति मार्गको नालामाथीको स्ल्याब एक सातादेखी भाचिएकै अवस्थामा छ । देवचुली नगरपालिका कार्यालयको २ सय मिटरको दुरीमा रहेको वडा नम्वर १४ कैलाशचोकमा नाला निकासका लागि बनेको नालीमाथीको स्ल्याब १ सातादेखी भाचिएको अवस्थामै रहेको हो ।
देवचुली नगरपालिकाका वडा नम्वर ९, १०, १४ र १५ का जनता नगर तथा वडाको काममा सेवा लिन आउने जाने मुख्य बाटो रहेको उक्त बाटोमा नालामाथीको स्ल्याब भाचिएर खाडल पर्दा दुर्घटनाको जोखिम रहेको छ ।
नगरपालिकाका सेवाग्राही मात्र होईन जिल्ला सदरमुकाम कावासोती आउने जाने पहाडी क्षेत्रका स्थानीय समेतको हाई–वे पछिको सुरक्षित सहायक बाटोका रुपमा बिकसीत भएको सो बाटोको सानो समस्यामा समेत स्थानीय सरकारको ध्यान पुग्न नसकेको स्थानियले वताएका छन् ।
देवचुलीकै मुख्य बजार दलदलेबाट ८ सय मिटर उत्तरमा रहेको सो स्थान हुँदै नगरपालिकाका मेयर, उप मेयर, अरु जनप्रतिनिधी, कर्मचारी लगायत दैनिक आउ जाउ गर्ने गर्दछन् ।
उता, देबचुली १४ का वडाध्यक्ष हेमराज दवाडीका अनुसार कल्भर्टका रुपमा राखिएका पिस–पिसका टुक्रामध्ये २ वटा स्ल्याव भाँचिएपछि दुर्घटनाको सम्भावना देखिएको स्कीकार्दै तत्काललाई भाँचिएका स्ल्याब बदल्न २ वटा नयाँ सिमेन्टका स्ल्याव बनिसकेको तर त्यो सेट नभईसकेकाले अव ४ दिनपछि स्ल्याव राखिने बताउनुभएको छ ।
admin




0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment