Saturday, September 21, 2019




शनिवार, ४ असोज, नवलपुर । 

नवलपुरका युवाले बिश्व सरसफाई दिवसको अबसरमा कावासोतीको फलफूल चोकमा  सरसफाइ गरेका छन् ।  बिश्वब्यापी रुपमा मनाइने यो दिवसलाई यसअघि धार्मिक, वजार क्षेत्र लगायत सार्वजनिक स्थानमा सरसफाई गरेका युवाहरुले आज भने नवलपुरको सदरमुकाम कावासोतीको ब्यस्त क्षेत्र फलफूल चोकमा सरसफाई गरेका हुन् ।  

सरसफाई दिवस र नेपाल भ्रमण बर्ष सफल पार्ने उदेश्यले यो अभियानलाई निरन्तरता दिईएको बताउँदै धार्मिक क्षेत्रहरुमा पनि सरसफाई  गरिएको हरियाली संस्थाका अध्यक्ष एल एन दवाडीले जानकारी दिनुभयो । 

संस्थाले बढ्दो डेंगु रोग नियन्त्रणका लागि जनचेतनामूलक सरसफाई सञ्चालन गरेको हो । अभियानमा संलग्न सुधन लम्सालले फलफूल चोक क्षेत्रमा ब्यवसाय गर्दै आएका ब्यवसायीहरुलाई फोहोरका बारेमा सचेत गराउँदैै सँगसँगै बजार क्षेत्र सरसफाई गरेको जानकारी दिनुभयो । 

उहाँले समाजिक कार्यहरुमा जोडिन समेत सम्पुर्ण युवाहरुलाई अपिल गर्नुभएको छ । 

त्यस्तै विश्व सरसफाई महाअभियान २०१९ का नेपाल प्रतिनिधि एल एन दवाडीले युवाहरुको यसखाले सक्रियताले देश छिट्टै स्वच्छ हुने कुरामा आफु विश्वस्त रहेको र सरसफाईमा आफु निकै नै संवेदनशिल भएर लाग्ने बताउनुभएको छ । 

कार्यक्रममा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नोबेल स्कुलका बिधार्थी, लगायतको संलग्नता रहेको थियो । 



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *