Saturday, September 21, 2019


खगेन्द्र पराजुली, 
शनिबार, ४ असोज, नवलपुर । 

नियमित सडक सवारी चेकजाँचका क्रममा शुक्रवार राती लागु औषध सहित २ जना युवक पक्राउ परेका छन् । पुर्वपश्चिम लोकमार्ग अन्तर्गत देवचुली १५ प्रगतिनगरको धौलागिरी चोकमा जिल्ला प्रहरी कार्यलय नवलपुरबाट खटिएको प्रहरीको टोलीले चेकजाँचका क्रममा वसमा सवार २ जनालाई पक्रेको हो । 

लागु औषध सहित पक्राउ पर्नेमा कास्की लेखनाथ ३२ का २४ बर्षीय कुमार खड्का र लेखनाथ २७ का ३२ बर्षका डेबिड क्षेत्री रहेको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभएको छ । 

उनीहरु भैरहवाबाट बेनीतर्फ जादै गरेको लु १ ख ७३९३ नम्वरको वसबाट समातिएका हुन् । 

उनीहरुको साथबाट फेनरागन ३० एम्पुल, नुफ्रिन ३० एम्पुल र डाईजोपाम ३० एम्पुल गरी ९० एम्पुल लागु औषध फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुबै जना उपर अनुसन्धान भैरहेको छ ।  



0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *