Friday, September 20, 2019


खगेन्द्र पराजुली, 
शुक्रवार, ३ असोज, नवलपुर । 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य लीलामणी पाख्रेलले सिद्धान्ततः भ्रष्टचारको कारण र स्रोत राज्यसत्ता मानिने बताउनुभएको छ । आज कावासोतीमा आयोजित भ्रष्टचार बिरुद्धको अभियान कार्यक्रममा अवधारणा पत्र प्रस्तुत पछि पुनः बक्ता र सहभागीका जिज्ञासाको उत्तर दिदै नेकपाका नेता पोख्रेलले साधन स्रोत र शक्ति राज्य सत्तासँग रहने हुदाँ जसको राज्यसत्तासम्म पहँुच हुन्छ उसैबाट भ्रष्टचार हुने जिकिर गर्नुभएको हो । 

वहाँले आम जनताले भ्रष्टचारको पिल्साई भोग्नुपरेको बताउँदै जो जे जति राष्ट्रप्रति जिम्मेवार र उत्तरदायी हुन्छ त्यसैको आधारमा भ्रष्टचारको मात्रा निर्धारण हुने बताउनुभयो । 


वहाँले भ्रष्टचारमुखी आचरण बिरुद्ध कठोर दण्ड ब्यवस्था उत्तरदायी राज्य प्रणाली, ईमान्दार एवं अनुशासित राज्य संयन्त्र, पारदर्सी कार्यबिधिले मात्र त्यसको न्यूनीकरण सम्भव हुने बताउँदै वहाँले अगाडि भन्नुहुन्छ – तर यसका लागी नागरीकको सचेतना भने उत्तिकै जरुरी छ ।

वहाँले पैसाको बलमा पद पदको बलमा पैसा भ्रष्टचारको सैद्धान्तिक चरित्र भएको समेत बताउनुभएको छ । 
निर्मल लामा स्मृति प्रतिष्ठान नवलपुरको आयोजना र पुष्पलाल स्मृति प्रतिष्ठानको सह आयोजनामा कावासोती स्थित खानेपानीको सभाहलमा आयोजित विकृति, विसंगति र भ्रष्टाचार विरूद्धको जागरण अभियान कार्यक्रममा नेकपा केन्द्रिय सदस्य किशन शर्मा गैरे, केन्द्रिय सदस्य हकि कुल्लाहाँ खाँ, संबिधान सभा सदस्य कृष्ण पौडेल, नेकपाका नेता दीपक अधिकारी, नेकपा प्रदेश सदस्य धनप्रसाद सापकोटा, सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँ,  नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय  सदस्य श्याम शर्मा भुसाल, प्रकृति मानव केन्द्रित अभियानका डा. माया गिरी लगायतले भ्रष्टचार, बिकृति र बिसंगतीका बारेमा जन सवालहरु उठान गर्नुभएको थियो । 

कार्यक्रमको अध्यक्षता निर्मल लामा स्मृति प्रतिष्ठान नवलपुरका ज्येष्ठ सदस्य गुरु अधिकारीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता नेकपा स्थायी कमिटि सदस्य अमिक शेरचनको रहेको थियो । 

प्रमुख अतिथि नेता शेरचनले भ्रष्टचारको जड नीतिगत रुपमा बढेको अभिब्यक्ति दिनुभयो । वहाँले मुलुकलाई भ्रष्टचार रहित बनाउन नीतिगत र न्यायिक भ्रष्टचार रोक्नुपर्ने बताउनुभयो । 

जनबादी गायक जीवन शर्माको समेत उपस्थिति रहेको सो कार्यक्रममा निर्मल लामा स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण भुसालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।  


0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *