खगेन्द्र पराजुली
शुक्रवार, ०३ असोज, नवलपुर ।
संबिधान तथा राष्ट्रिय दिवसका अवसरमा देवचुली नगरपालिका मूल समारोह समितिले प्रभातफेरी निकालेको छ । आज शुक्रवार नगरपालिकाको कार्यालयबाट प्रभातफेरी पदयात्रा निकाल्नु अगाडी गण्डकी प्रदेशवाट राष्ट्रिय स्तरको छात्रा फुटबल प्रतियोगितामा सहभागिता हुन छनौटमा पर्न सफल देबचुली स्थित बरचुली माबिका छात्राहरुको खेलाडी समूहलाई सम्मान गरिएको थियो ।
सम्मानपछि र्यालीमा परिणत प्रभातफेरीका सहभागीहरुले नगर परिसर वरपर सरसफाई सहित दलदले चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै देबचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले ठुलो संघर्षपछि प्राप्त भएको संघीय ब्यवस्था र संबिधान सभावाट आएको संबिधान जनताको संबिधान भएकोले यो जनताकै मर्म र भावना अनुरुप भएको बताउनुभयो ।
नगर उपप्रमुख पार्वता तिवारीले संबिधानले सबैको भावनालाई संबोधन गरेको दावी गर्दै राजनैतिक आग्रह र पुर्वाग्रहमा नलागी यसको पालना हामी सबैले गर्नुपर्ने बिचार राख्नुभयो ।
प्रभातफेरीमा औधोगिक सुरक्षा बल एवं अस्थायी प्रहरी चौकी दलदलेका सुरक्षाकर्मी, प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष, केही जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, देबचुली उद्योग बाणिज्य संघका प्रतिनिधि, दलदले बजार ब्यवस्थापनका प्रतिनिधि, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
देशभर हर्षोल्लासका साथ मनाउने राष्ट्रिय दिवसमा स्वयं देवचुली नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु उपस्थित हुन नसक्दा जनताले दुख ब्यक्त गरेका छन् ।
तस्वीरः एलिना केसीबाट
संबिधान दिवसका सन्दर्भमा राखिएको जिज्ञासामा सहभागीले करीव ५०हजार भन्दा धेरै जनसंख्या भएको देबचुली नगरपालिकामा संबिधान तथा राष्ट्रिय दिवस मूल समारोह समितिद्धारा आयोजना गरिएको कार्यक्रममा १ सयको हाराहारीको मात्र उपस्थिति देखिनु दुखद् पक्ष रहेको धारणा राखेका थिए ।
त्यस्तै, देबचुली नगरपालिकाले हिजो साँझ नगरपालिका भवनको मूल प्रबेशमा दिपावली गरेको थियो ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment