खगेन्द्र पराजुली
२ असोज, परासी ।
पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयले बिभिन्न समयमा बरामद गरेका चोरीका मोटरसाईकलहरु आज महेशपुर भन्सार कार्यालयमा पठाएको छ ।
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी बिरेन्द्र थापाका अनुसार ६ लाख ६४ हजार रुपैंया बरावरका मोटरसाईकलहरु आवश्यक कारवाहीका लागी महेशपुर भन्सारलाई बुझाईएको हो ।
भन्सारमा बुझाईएका मोटरसाईकल बिभिन्न समयमा जिल्ला प्रहरी कार्यालय र सो कार्यालय मातहतबाट बरामद गरिएका हुन् ।
फोटो सांकेतिक
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment