Thursday, September 19, 2019


खगेन्द्र पराजुली
२ असोज, नवलपुर ।

राष्ट्रिय जनता पार्टी नेपाल नवलपुरले संबिधान दिवसलाई उत्सवका रुपमा नभई कालो दिवसका रुपमा मनाउने प्रेस बिज्ञप्ति निकालेको छ । 

जिल्ला संयोजक ओमनारायण थनेतद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ– नेपालको संबिधान २०७२ बन्दैगर्दा बिभिन्न भुगोलका जनता बिभिन्न जातजातिहरुले नयाँ बन्ने संबिधानमा आफ्नो पहिचान सहित आफ्नो अधिकार सुनिश्चित गराउन संबिधान सभालाई खवरदारी गरी सचेत गराउँदा गराउँदै पनि आदिवासी जनजाति, थारु, मधेसी, दलित, मुस्लिम, पिछडावर्गका मुद्धाहरुलाई ध्यान नदिई जवरजस्ती ढंगले संबिधान जारी गरेको हुदाँ यो संबिधान अपुरो र अधरो रहेको उल्लेख गरेको छ । 

बिज्ञप्तिमा बर्षौदेखि उपेक्षित, उत्पीडित शोषित र पिछडा वर्गहरुको हक अधिकारलाई संबोधन नगरेको हुँदा सबै पक्षलाई सम्वोधन गर्न र अपनत्वको भावना महशुस गर्न नसकिएको लेखिएको छ । 

पार्टीद्धारा प्रेसित बिज्ञप्तिमा सबैले स्वीकार्ने संबिधान बनाउनका लागी संबिधान संशोधन गर्न माग गर्दै जवसम्म संबिधान संशोधन हुदैन तवसम्म संबिधान दिवसलाई पार्टीले कालो दिवसको रुपमा मनाउने उल्लेख गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *