Thursday, September 19, 2019


खगेन्द्र पराजुली
२ असोज, नवलपुर । 

नेपाली काँग्रेस देवचुली नगर समितिले दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत आज अन्तरक्रिया सम्पन्न गरेको छ । 

दलदलेस्थित उद्योग बाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रियामा बोलेका कार्यकर्ताले पार्टी नेतृत्वले बर्तमान सरकारले गरेका थुप्रै काण्डै काण्डको पर्दाफास गर्न नखोज्नुको  कारण, काँग्रेसले पार्टीका राष्ट्रियता, स्वतन्त्रता, समाजवाद जस्ता आदर्शबान् नीति र कार्यक्रमलाई बिर्सदै गएको, पार्टीभित्रको गुटको बिबाद बेलाबेलामा छताछुल्ल पोखिने गरेको, नेतृत्व सँधै उदासिन देखिनुले नै पार्टीलाई नोक्शानी पुर्याएको गुनासो गरेका थिए । 

अन्तरक्रियामा कार्यकर्ताले पार्टी माथील्लो समितिकै मातहतमा चल्ने भएपनि तलका कार्यकर्ताले नै अहिलेसम्म पार्टी धानेको दावी गर्दै जागरणले सबैभन्दा पहिले नेतृत्व सुध्रिन आग्रह गरेका थिए । 

अन्तरक्रियाका प्रमुख अतिथि केन्द्रिय प्रतिनिधि रघुनाथ पौडेलले बर्तमान सरकार ईतिहासकै सबैभन्दा बलियो सरकार भएको तर आफ्नै दम्भ र घमण्डले जनताबाट तिरष्कृत हुदै गएको बताउँदै गत निर्बाचनमा केही प्राबिधिक र केही आफैभित्रको कारणले पराजित भए पनि आगामी निर्वाचनमा नेपाली काँग्रेस नै यो मुलुकको पहिलो पार्टी हुने ठोकुवा गर्नुभएको सहभागी एक स्थानीय कार्यकर्ताले बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता नेपाली कांग्रेस नगर सभापति पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रिय प्रतिनिधि रघुनाथ पौडेल नवलपुर क्षेत्र नम्वर १ ख का क्षेत्रीय सभापति तिर्थ चापागाई लगायतको उपस्थिति रहेको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *