Wednesday, September 4, 2019


खगेन्द्र पराजुली
१८ भदौ, नवलपुर । 

कृषि ज्ञान केन्द्र तनहुँ तथा ईकाई नवलपुरले कृषकहरुबाट परियोजना प्रस्ताव माग गरेको छ । सार्वजनिक सुचना जारी गर्दै कृषि ज्ञान केन्द्र तनहुँले नवलपुर र तनहुँका कृषक समूह, कृषि सहकारी, कृषी फर्म, कृषी कम्पनीले कृषि ज्ञान केन्द्र तनहुँ वा कृषि ज्ञान केन्द्र ईकाई कार्यालय कावासोतीमा निबेदन पेश गर्न आह्वान गरेको हो । 

केन्द्रद्धारा जारी सुचनामा तोकिएको समय म्यादभित्र तोकिएको ढाँचामा परियोजना प्रस्ताव सहित आवश्यक कागजातहरु संलग्न गरी सम्वन्धित कार्यालयमा निबेदन पेश गर्न अनुरोध गरेको छ । 

केन्द्रले २ वटा कार्यक्रम अन्तर्गत प्रस्ताव निवेदन माग गरेको छ । जसमा साना सिचाई कार्यक्रमको प्रस्ताव निबेदन कागजात सहित यही भाद्र २४ गतेसम्म र यन्त्र उपकरण खरिद अनुदान असोज १ गतेसम्म कार्यालयमा बुझाउन उल्लेख गरेको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *