खगेन्द्र पराजुली,
१८ भदौ, स्याङ्जा ।
तस्बीरः नारायण बिश्वकर्मा आक्रोसको फेसबुकवाट
पाल्पाको हुँगीबाट सवारी लिएर आएको जीप स्याङ्जाको गल्याङमा दुर्घटना हुँदा अन्दाजी २ बर्षका शिशुको घटनास्थलमै निधन भएको छ भने २१ जना घाईते भएका छन् ।
लु १ ज ३८४१ नम्वरको जिप गल्याङ आईपुग्न १ किलोमिटरको दुरी नजिकै भित्री सडकमा दुर्घटना भएको हो । जिप सडकदेखि करिब तीन सय मिटर तल खसेको हो । विपरित दिसाबाट आउँदै गरेको गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको बताईएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते सवैलाई गल्याङ नगर अस्पतालमा प्राथामिक उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएको प्रहरीले वताएको छ ।
उद्धार र उपचार पहिलो प्राथमिकता रहेकाले मृतक बालक र घाइतेहरुको परिचय– पहिचान लगायत अन्य अनुसन्धानमा प्रहरी लागिरहेको छ ।
जीपमा अधिकाशं महिला यात्रु थिए । तीज मनाएर माईतीबाट घर फर्केका चेलीहरु जीपमा सवार भएको अनुमान छ ।
जीपमा अधिकाशं महिला यात्रु थिए । तीज मनाएर माईतीबाट घर फर्केका चेलीहरु जीपमा सवार भएको अनुमान छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment