Wednesday, September 4, 2019


खगेन्द्र पराजुली
१८ भाद्र, नवलपुर । 

पूर्बपश्चिम लोकमार्ग अन्तर्गत नवलपुरको डण्डास्थित पत्थरखोला नजिक बस र ट्रक एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा २ जना गम्भीर घाईते भएका छन् । 

आज (बुधवार) दिउँसो साढे १२ बजेको समयमा  पश्चिमबाट पुर्वतर्फ जादै गरेको ग १ ख ७६६५ नम्वरको ट्रक र बिपरीत दिशाबाट गईरहेको लु २ ख १६७६ नम्वरको बस कावासोती नगरपालिका अन्तर्गत डण्डाको पत्थरखोलामा एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको हो । 

दुर्घटनामा  १५ जना घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते भएका दुबै सवारी साधनका चालकलाई मध्यबिन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागी भरतपुर रिफर गरिएको छ भने बाँकी घाईतेहरुको जिल्ला अस्पताल डण्डामै उपचार भैरहेको जनाईएको छ । 

दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान भैरेहको प्रहरीले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *