खगेन्द्र पराजुली
१८ भदौं, देबचुली।
देबचुली १० पृथ्वीनगरको पृथ्बी माबिले यही २० गते बिद्यालयको ४० औं बार्षिकोत्सव मनाउने क्रममा बिभिन्न बिधामा अतिरिक्त क्रियाकलाप आयोजना गरेको छ ।
बिद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणत्मक सम्वन्धबाट मात्रै शैक्षिक प्रगति हासिल गर्न सहज र सम्भव हुने भएकाले बिद्यालयले बिद्यार्थीका अतिरिक्त अभिभावकहरुलाई समेत बिद्यालयका गतिबिधिमा समावेश गराउने उदेश्यले अभिभावक लक्षित खेलकुदका कार्यक्रम आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक जयनारायण सापकोटाले जानकारी दिनुभयो ।
जस अन्तर्गत आज बुधवार अभिभावक लक्षित खेलकुद अन्तर्गत बिद्यालय परिसरमा महिला–महिला र पुरुष–पुरुषका बीचमा डोरी तान्ने र चम्चा दौड, महिलाका लागी कुर्सी दौड र घैटो फुटाई, पुरुषका लागी बोरा दौड र स्लो साईकल रेस प्रतियोगिता का साथै भोली बिहीवार अभिभावक र शिक्षक कर्मचारी बीच भलिबल प्रतियोगिता हुने बिद्यालयले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment