Tuesday, September 3, 2019


खगेन्द्र पराजुली, 
१७, भदौ । 

प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीबाट सेवाग्राहीले प्राप्त गर्ने सेवामा हेलचेक्राई र लापरबाही बढ्दै गएको गुनासो गरेका छन् । स्वास्थ्य केन्द्र प्रशासनले आफुखुसी बिभागीय जिम्मा बाहेकका अन्य बिभागमा कर्मचारी खटाउँदा आफुहरु प्रभावित भएको सेवाग्राहीले बताएका छन् । 
अहिले गर्मी र वर्षातको समय भएकाले पनि स्वास्थ्य केन्द्रमा मौषमी विरामीहरुको चाँप बढेको बेला कर्मचारी बिदामा बसेको बहानामा अप्राबिधिक ब्यक्तिलाई सामुदायिक औषधि बिक्री बितरण कक्षमा जिम्मा दिएर औषधि बितरण गर्दा लामो समयसम्म कुर्न परेको साथै दिनुपर्ने औषधिमै अल्मलिदाँ बिरामीलाई औषधि खुवाउनेकी नखुवाउने दोधारमा परेको सेवाग्राहीले बताएका छन् । 

केही समय अघि जिब्रोमा सस्याना बिबिरा सहित एलर्जी भएर उपचारमा गएका एक बिरामीलाई डाक्टरको सिफारीस अनुसारको औषधि दिदा सो औषधि सेवन गर्दा झन् शरीरभरी ठुल्ठूला डावर सहितको एलर्जी आएपछि प्राथमिक स्वास्थय केन्द्रको औषधि सेवन गर्न छुटाएको बिरामीका आफन्त दीपक तिवारीले बताउनुभयो । वहाँले भन्नुभयो– यस ठाउँको पुरानो सरकारी स्वास्थ्य केन्द्रबाट सहज स्वास्थ्य सेवा प्राप्त हुने आशाले लगेको झन् अर्कै समस्या थपियो । यस्तो भएपछि सरकारी अस्पताललाई कसरी बिश्वास गर्ने । डक्टरले समेत बिरामीको उमेर, तौल सबै हेरेर चलाउनुपर्ने औषधिको मात्रा अनुमान र हचुवाका भरमा लेखिदिदाँ यस्तो भएको रहेछ । पछि अर्को निजी स्वास्थ्य संस्थामा पछि थपिएको समस्या लिएर जाँदा उमेर र तौलको ख्याल नगरी दिईएको औषधि सेवनका कारण यस्तो भएको रहेछ वहाँले भन्नुभयो । 


उता स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष एवै देबचुली नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष गोपाल शर्मा लम्सालले कर्मचारीलाई बिभागभन्दा यताउता गर्ने निर्णय आफुहरुले नगरेको बताउनुभयो । 

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका प्रमुख डाक्टर त्रिभुवन भण्डारीले चाडवाडका बेला सम्वन्धित बिभागको कर्मचारी बिदामा रहेकाले आज मात्र सेवा प्रभावित नहोस् भनेर स्टोर र स्टक कम्प्युटरमा ईन्ट्री गर्ने कर्मचारीलाई जिम्मा दिईएको बताउनुभयो । 

वहाँले स्वास्थ्य चेकजाँच र औषधि सिफारीसका क्रममा कहिलेकाही औषधिको साईड ईफेक्ट हुने कुरा सामान्य भएको बताउनुभएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *