खगेन्द्र पराजुली,
स्याङ्जा, १७ भदौं ।
स्याङजामा धारिलो हतियार प्रहारबाट ४ बर्षिय बालक सहित २ जनाको हत्या भएको छ । आज बिहान स्याङ्जाको हरिनास गाउपालिका वडा नं(३ स्थित ललहीको मिनडाडामा एकै परिवारका दुई जनाकोे हत्या भएको हो । मंगलबार बिहान करिब ४ बजेतीर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या गरी भागेको स्थानीयबासीले बताएका छन् ।
धारीलो हतियार प्रहारबाट २९ बर्षका चित्र बहादुर खड्का र उनका ४ बर्षका छोरा रिजन खड्काको मृत्यु भएको छ ।
हत्या के कारणले, कसले गर्यो भन्ने अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट एसपी राजकुमार लम्साल र डिएसपी नविन कृष्ण भण्डारीको टोली हरिनास पुगेको छ ।
अहिले घटनास्थलमा प्रारम्भिक अनुसन्धान भईरहेको हुदाँ पारीवारिक अवस्था, स्वभाव लगायत घटनाको प्रकृतिका सम्वन्धमा आफन्त, छिमेकी, वडाप्रतिनिधि लगायतसँग बुझ्ने कार्य भइरहेकाले प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि थप प्रष्ट पार्ने सुचना अधिकृत समेत रहनुभएको नविनकृष्ण भण्डारीले फोन सम्पर्कका क्रममा बताउनुभयो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment