खगेन्द्र पराजुली
१४अशोज, नवलपुर ।
म्याजिक भ्यानले ठक्कर दिदा गम्भीर घाईते भएकी तीन वर्षकी बालिकाको उपचारका क्रममा ज्यान गएको छ । नवलपुरको देबचुली १३ दलदलेको भित्री मार्गमा ना३च ३७२१ नम्बरको म्याजिकले ठक्कर दिदा कुमारवर्ती टोलका सागर महतोका ३ वर्षकी छोरी मनिसा महतो गम्भीर घाईते भएकी थिईन् । उनको घाटी र पेटमा चोट लागेको थियो ।
घाईते मनिसालाई तत्काल भरतपुर स्थित पुरानो मेडिकल कलेजमा पुर्याईएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
हिजो सोमवार बिहान भएको घटनाबाट घाईते भएकी बालिकाको गएराती नै निधन भएको हो ।
ठक्कर दिने भ्यान र चालक प्रहरी नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment