खगेन्द्र पराजुली
१५ अशोज, नवलपुर ।
अस्थायी प्रहरी चौकी दलदलेले शुभकामना आदानप्रदान तथा शान्ति सुरक्षाका निम्ति अन्तरक्रिया सम्पन्न गरेको छ । आज दलदले स्थित कार्यालय परिसरमा जनप्रतिनिधि, राजनैनिक दलका प्रतिनिधि, उद्योगी ब्यवसायी, नागरीक समाजसँग प्रहरीले नागरीकमा शान्ति सुरक्षाको प्रत्याभुति गर्न समुदाय र प्रहरीले खेल्नुपर्ने भूमिकाका बिषयमा चर्चा गरिएको चौकी प्रमुख अर्जुन रानाले बताउनुभयो ।
साबिकको देबचुली र प्रगतिनगरका वडा प्रतिनिधिहरुसमेतको उपस्थिति रहेको सो कार्यक्रममा देबचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटा, महासचिव सूर्यप्रसाद दवाडी लगायतको सहभागिता रहेको थियो ।
सहभागीले पछिल्लो समय देबचुली नगरपालिका क्षेत्रमा चोरी घटनाका श्रृंखलामा बृद्धि भएकोले रातीको समयमा प्रहरीको सक्रियता वढाउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै, चाडपर्वको समयमा मादक पदार्थको सेवन स्वभाविक रुपमा वढ्ने हुदाँ त्यसका कारण सवारी दुर्घटनाका साथै परिवारमा दुब्र्यवहार तथा एक आपसमै पनि झै–झगडा, मारपिट र सार्वजनिक स्थलमा समेत होहल्ला तथा हुलहुज्जत जस्ता अवाञ्छित गतिबिधिले समाजलाई नै प्रभावित पार्न सक्ने भएकाले समेत यसतर्फ ध्यान दिन प्रहरीलाई आग्रह गरिएको छ ।
अस्थायी प्रहरी चौकी दलदलेका प्रमुख अर्जुन रानाले प्रहरी सदा सत्यमेव सुरक्षालाई आत्मसात गरी जनताको सुरक्षामा खटिएकाले नागरीक समाजले समेत सहयोग गरे यहाँको शान्तिसुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा वडा नम्वर ६ का वडाध्यक्ष मीनहादुर सोती, ७ काअध्यक्ष भुपराज पाठक, ९ का अध्यक्ष मेखबहादुर सारु, १२ का वडाध्यक्ष दिनानाथ भुसाल (दिनेश) लगायत वडासदस्यको उपस्थिति रहेको थियो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment