खगेन्द्र पराजुली
१६ अशोज, नवलपुर ।
देवचुली नगरपालिका वडा नम्वर ९ मा वडास्तरीय ज्येष्ठ नागरीक समिति गठन भएको छ । आज बिहिवार भीमदत्त दवाडीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन भएको हो । जसको उपाध्यक्षमा देबवाखर भुसाल, सचिव शशिधर भटराई, कोषाध्यक्ष पार्वती पाण्डे र सह सचिवमा गौरीश्वर कंडेल चयन हुनुभएको छ ।
संकटा मोचन मन्दिरको सत्संग भवनमा ६० बर्ष माथीका ज्येष्ठ नागरीकको उपस्थितिमा समिति गठन गरिएको वडा नम्वर ९ का अध्यक्ष मेखबहादुर सारुले बताउनुभयो ।
वहाँले अहिले उमेरका कारण ज्येष्ठ नागरीक बन्नुभएका बाबा–आमाहरुका कारणले समाज क्रमिक रुपमा बिकसित हुदै गएको भन्दै अझैं पनि वडाको बिकासमा बाबा– आमाहरुको सल्लाहको अपेक्षा गर्दै भन्नुभयो–यहाँको सबै बिकासमा तपाईहरुले युवाअवस्थामा खेलेको भूमिकाले गर्दा नै वडा अहिले यो अवस्थामा आईपुगेको हो त्यसैले अहिले तपाईहरुको शारीरीक र उमेर अवस्थाका कारणले काम नै गर्न नसके पनि तपाईहरुले अनुभवका आधारमा आर्जन गरेको सीप र ज्ञान सहितको सल्लाह–सुझाव सदैव हामीलाई आवश्यक छ । तपाईहरु हाम्रा सल्लाहकार हुनुहुन्छ ।
कार्यक्रमको सहजीकरण वडा सदस्य टेकबहादुर गाहाले गर्नुभएको थियो भने वडासदस्यहरु रामप्रसाद पन्त, सीता नेपाली, दिलकुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो ।
वडाले अहिलेसम्म ज्येष्ठ नागरीकलाई सँगै समूहमा रहन सहज होस् भनेर तथा संत्सगसहित भजन किर्तनको आनन्द लिन संकटामोचन, काली र महाराजा मन्दिर निर्माण गरेको र अव पछिल्लो योजनामा दिवा बृद्धा आश्रम निर्माण गर्ने रहेको वडाध्यक्ष सारु मगरले बताउनुभयो ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment