खगेन्द्र पराजुली,
१६ अशोज, नवलपुर ।
देवचुली नगरपालिका वडा नम्वर १२ का वडाध्यक्ष दिनानाथ भुसाल (दिनेश) ले किसानलाई अनुदान होईन सहुलियत ब्याजदरमा सहज ढंगले ऋण प्रवाहको ब्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । वहाँले अनुदान रकमको सदुपयोग हुन नसकेको टिप्पणी समेत गर्नुभयो ।
आज बिहिवार आफै समेत एक शेयरका रुपमा रहेर सामुहिक रुपमा सञ्चालनमा ल्याईएको मुक्तिक्षेत्र नमूना गाउँ कृषक समूहद्धारा आयोजित शुभकामना आदानप्रदान तथा प्रसाद ग्रहण कार्यक्रममा अध्यक्ष भुसालले राज्यको नीति र बैकको नीतिबीचको भिन्नताका कारण सामुहिक र ब्यवसायीक कृषिमा लाग्न चाहनेहरुका लागी कर्जा लिन नपाउनु सबैभन्दा दुखद् भएको बताउनुभयो ।
गत भदौ २४ गते २१ वटा मुर्रा जातका भैसी सामुहिक रुपमा पाल्न थाल्दा नेपाल सरकार मातहतको राष्ट्रिय बाणिज्य बैंकमार्फत् धितो सहित ऋण लिन खोज्दा बैकले सामुहिक ब्यवसायमा लगानी गर्न नसक्ने बताएपछि यस्ता नीतिले सरकारको स्वदेशमै आन्तरीक कृषि उत्पादनमा आत्मनिर्भर बनाउने अभियान प्रभावित हुने वहाँको तर्क रहेको छ ।
बाटो, बिजुली र पानीको समस्या राख्नुभएका वडाध्यक्षको मागलाई कार्यक्रममा सहभागी हुनुभएका संघीय साँसद तिलक महतले मेसिनहरु चल्ने पावर सहितको बिजुली पुर्याउने आश्वासन दिनुभयो ।
३० जनाबाट ५० हजारदेखी २ लाख रुपैयासम्म संकलन गरी ४६ लाखको लगानीमा शुरु गरिएको गोठमा अहिले २१ वटा माउ भैंसी रहेका छन् ।
पशुमा २१ लाख र पुर्वाधार, मेसिन, ट्रयाक्टर लगायतमा बाँकी लगानी भएको जानकारी दिदै अध्यक्ष भुसालले भन्नुभयो– हामी ब्यवसायिक उत्पादनतर्फ जोड दिएका छौं यहाँबाट दैनिक १ सय ६० लिटर दूध उत्पादन भएको छ, वडा नम्वर १२ बाट मात्रै दैनिक ६ सय लिटर दूध बजारमा जाने गरेको छ । लक्ष्मीपुरमा मात्र यो सहित ६ वटा गाईभैसी फर्म छन् । अव गैडीमा १ र मुक्तिक्षेत्रमै २ वटा सम्भवत यही तिहारपछि खोल्दैछौ । हामीले दूधमा यस क्षेत्रलाई आत्मनिर्भर मात्र नभई ब्यवसायिक उत्पादनतर्फ अगाडि बढाउँदैछौं ।
वहाले यो सँगै सघन कृषि खेती अन्तरर्गत बिशेष गरेर तरकारी उत्पादनमा सबै घरलाई समेट्ने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश साँसद रोशन गाहा, देबचुलीका मेयर पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्वता तिवारी, कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया, देबचुली प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment