Thursday, October 3, 2019


खगेन्द्र पराजुली 
१६ अशोज, नवलपुर । 

देबचुली १४ ले सामुहिक खेतीका लागी बिउ–बिजन ब्याड तयार गर्दैछ । 

आज १४ नम्वर वडाका ५ कृषक समूहमध्ये जनज्योति मार्ग कृषि समूहका ५० घरका सहभागीले नर्सरी तयार गरेका छन् । 

वडाको चालु आर्थिक बर्षको कृषि तालिम तथा बीउ–बिजन बितरण अन्तर्गतको बजेटबाट हिउँदे तरकारी काउली, ब्रोकाउली, सिमी, खुर्सानी, गोलभेडा, मूला, भेडे–खुर्सानी लगायतका बेर्ना उत्पादन गरी सामुहिक रुपमा एकैठाउँमा अर्गानिक तरकारी उत्पादन गरिने वडाध्यक्ष हेमराज दवाडीले बताउनुभयो । 

वडाको कृषि शिर्षक अन्तर्गतको आर्थिक लगानी र नगर कृषि शाखाको प्राबिधिक सहयोगमा नर्सरीमा आज बिउ रोपिएको अध्यक्ष दवाडीले बताउनुभयो । 

वहाँले यसबर्ष कृषि शिर्षक अन्तर्गत वडाले २ लाख रुपैंया छुट्याईएको बताउनुभयो ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *