Friday, October 4, 2019






खगेन्द्र पराजुली
१७ अशोज, नवलपुर । 

देबचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसालले नगरवासीलाई धार्मिक साँस्कृतिक चाडपर्वहरुलाई मनाउने क्रममा समाजको शान्ती–सुरक्षा लगायत, सरसफाईका साथै आफ्नो स्वास्थ्यलाई समेत ध्यान दिन आग्रह गर्नुभएको छ । 

आज देबचुली नगरपालिका वडा नम्वर ९ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका भुसालले चाडबाडमा सुरक्षा एक चुनौतीको रुपमा रहने भएकाले वडाबासीमा सतर्कता रहन आग्रह गर्नुभयो । वहाँले लामो समयका लागी घरबाहिर जाँदा घरको सुरक्षामा सावधानी अपनाउन अनुरोध गर्नुभयो । 

सकभर सबै परिवारले घर छोडेर बाहिर नजानु बेश हुने धारणा राख्नुभयो । 

चाडपर्वका बेला अरु सामान्य बेलामा भन्दा अस्वभाविक खानपानले गर्दा धेरैको स्वास्थ्य प्रतिकुल बन्न सक्ने हुँदा आफ्नो स्वास्थ्यलाई ख्याल गर्न सुझाव दिनुभयो । वहाँले स्वास्थ्य र सरसफाईको सम्वन्ध नङ–मासुको सम्वन्ध झै भएकोले सरसफाईमा समेत उत्तिकै ध्यान पुर्याउन आग्रह गर्नुभयो । 

वडा नम्वर ९ का अध्यक्ष मेखबहादुर सारुले वडाबासीलाई शुभकामना दिदै जुवातास, लागु औषध, मदिराजन्य पदार्थको कुलतमा नफस्न आग्रह गर्नुभयो । 

वहाँले यस्ता गतिबिधिले धनको बर्बादीदेखि ईज्जतप्रतिष्ठामा समेत असर पार्ने हुदा कुलतमा नलागी आ–आफ्नो परम्परा अनुसार चाड मनाउन आग्रह गर्नुभयो । 

वडाध्यक्ष सारुको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भुसालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सञ्चालन ह्याप्पी एफ एमका स्टेशन म्यानेजर आदर्श शुशिलले गर्नुभएको थियो । 


कार्यक्रममा अस्थायी प्रहरी चौकी दलदलेका प्रमुख एवं प्रहरी सहायक निरीक्षक अर्जुन रानाले साबिकका देबचुली र प्रगतिनगर क्षेत्रमा आफूहरुले सुरक्षाका निम्ति बिशेषत मोटरसाईकल गस्तीलाई बढाएको जानकारी दिदै कही कतै अपराध तथा हुल हुज्जत लगायत कानूनले बर्जित गरेका गतिबिधि भएमा वा शंका लागेमा तुरुन्त प्रहरीलाई खवर गर्न आग्रह गर्नुभयो । 


यस्तै कावासोतीमा रहेको कावासोती सेन्ट जोसेफ स्कूलले पनि आज एक कार्यक्रम गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । स्कूलका निर्देशक प्रदिप भुसालको उपस्थितिमा भएको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल कमल चापागाई लगायत स्कूल कर्मचारी, सञ्चालक समिति, अभिभावक प्रतिनिधि सहित शैक्षिक सरोकारवालाहरुको उपस्थिति रहेको थियो । 
स्कूलका निर्देशक भुसालले नवलपुरको शिक्षाको बेश मजबुत बनाउदै बिद्यार्थीलाई सबै क्षेत्रमा फिट हुने खालको ब्यवहारीक, सैद्धान्तिक र प्राबिधिक रुपमा त्रिकोणत्मक पद्धतिको फ्युजनबाट उत्कृष्ट बिद्यार्थी उत्पादन गर्ने उदेश्य राखेको बताउनुभयो । 
वहाँले अहिलेका  बिद्यार्थी समाजभन्दा केही अलग भएको अनुभूति भएकाले समाज, हाम्रा संस्कृति, परम्परा र रहनसहनका बारेमा बुझाउनु हामीहरुको समेत दायित्व रहेकाले बिद्यालयले बिभिन्न सामाजिक क्रियाकलापमा स्थलगत रुपमै सहभागी गराउने नयाँ परिपाटीको शुरुवात गरेको समेत बताउनुभयो

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *