खगेन्द्र पराजुली
१७ अशोज, नवलपुर ।
रजहरमा ज्येष्ठ नागरीक तथा बिद्यार्थी सम्मान आमाहरुबीच हाजिरी जवाफ प्रतियोगिता, र यसैवर्ष एसईईमा उत्कृष्ट भएका टोलका बिद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं देवचुली वडा नं.१६ का वडाअध्यक्ष केशरबहादुर क्षेत्रीले ज्येष्ठ नागरीक भनेका पछिल्लो पुस्तालाई संस्कार संस्कृति र बिकासको मोडललाई धान्दै नयाँ बिकासको धार हस्तान्तरण गर्ने एउटा तात्कालीन समाज रुपान्तरणका संबाहक भएकाले वहाँहरुको सधै सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
वहाँले दशैका अवसरमा आयोजना गरिएको यो कार्यक्रममा राखिएको आमाहरुबीचको हाजिरी जवाफ प्रतियोगिताले आमा अथवा नारी शक्तिको ब्याख्या हाम्रा बिभिन्न धार्मिक शास्त्रहरुले नै उल्लेख गरेकाले योभन्दा धेरै बोल्न नपर्ने बताउनुभयो ।
त्यस्तै सम्मानित हुने बिद्यार्थीको अझ प्रगतिमा र अवका दिनमा परीक्षामा सहभागी हुने बिद्यार्थीलाई हौसला प्रदान गर्ने हुदा एस्ईईमा उत्कृष्ट हुनेलाई गरिको सम्मानपछि आफ्नो उज्जवल भबिश्य निर्माणमा अभिप्रेरित हुन मदत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।
सम्मान कार्यक्रममा टोलका २ जना पुरुष र २ जना महिला गरी ४ जना ज्येष्ठ नागरीकलाई सम्मान गरिएको थियो भने टोलकै वढीमा १० कक्षासम्मको अध्ययन गर्नुभएका आमाहरुबीच हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो ।
त्यस्तै, सोही कार्यक्रममा ३दशमलव ५ जिपीए ल्याउन सफल चौध नम्वर टोलका ४ जना बिद्यार्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता चौध नम्वर टोल बिकास संस्थाका अध्यक्ष सन्तबहादुर क्षेत्रीले गर्नुभएको थियो ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment