खगेन्द्र पराजुली
१८ अशोज, नवलपुर ।
बृद्ध–बृद्धा बाबा–आमाको सेवा र सम्मान नै सबैभन्दा ठूलो मानवको धर्म तथा तीर्थ धाम नै यही हुने बताईएको छ । आज देबचुली १२ ले आयोजना गरेको ज्येष्ठ नागरीक सम्मान, वहाँहरुवाटै आशिर्वाद ग्रहण तथा ज्येष्ठ नागरीक वडा समिति गठन कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिनानाथ भुसाल (दिनेश) ले बुढा भईसकेका आमा बाबालाई धन–सम्पत्ति भन्दा पनि पारीवारीक शान्ति, सन्तानले प्रदान गर्ने माया, ममता र स्याहार सुसारले मन रमाउने बताउनुभयो ।
अहिले बुढेशकाल लागेका बाबा–आमाप्रति सन्तानको कार्य ब्यस्ततासँगै हेरचाहमा कम ख्याल पुगेका कारण ज्येष्ठ नागरीकमा डिप्रेशन बढ्न थालेकोले यसले समाजलाई नै थप समस्यातर्फ लैजान सक्नेमा सबै सजग हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा ८० बर्ष उमेरभन्दा माथीका वडाभित्रका ३९ जना ज्येष्ठ नागरीकलाई कम्वल (ब्ल्याङ्केट) प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता साबिक प्रगतिनगर ७ का प्रथम वडाध्यक्ष नरबहादुर काफ्लेको अध्यक्षतामा भएको थियो । वहाँ २०३६ सालताकाका वडाध्यक्ष हुनुहुन्थ्यो ।
साबिकको प्रगतिनगर–७ नै अहिलेको देबचुली नगरपालिकाको वडा नम्वर १२ हो ।
त्यस्तै, सोही भेलाले तुलसीराम काफ्लेको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरीक वडा समिति तथा नरबहादुर काफ्लेको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मीना तिवारी, सचिवमा भबिश्वर भुसाल, कोषाध्यक्षमा मौतसिं गुरुङ तथा सदस्यहरुमा चमानसिं बाचे, भलराम भुर्तेल, बालकृष्ण भुसाल, चीजमाया श्रेष्ठ, हरिकला बि.क., भुपाल पाण्डे र मनकसी परियार चुनिनुभएको छ भने सल्लाहकार सदस्यमा कृष्णप्रसाद भुर्तेल र कौशिला भुसाल चयन हुनुभएको नगरस्तरीय न्यायिक समिति सदस्य तथा वडासदस्य भीमलाल तिवारीले जानकारी दिनुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment