देबभूमी खवर–
१८ अशोज, नवलपुर ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले सञ्चारसंस्थाले सत्य र तथ्यमा आधारित खवरहरु मार्फत जनतालाई सुसुचित गराउनुपर्ने वताउनुभएको छ ।
आज कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कार्कीले कावासोतीबाट प्रकाशित हुलाकी पत्र दैनिक पत्रिकाले नवलपुरमा सुचना तथा सञ्चारको क्षेत्रमा उल्लेखनीय भूमिका खेलेकोमा प्रसंसा गर्दै अव नवलपुर जिल्लालाई देशकै नमूना जिल्लाका रुपमा बिकास गर्ने योजनामा अझ प्रभावकारी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
आफ्नो स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेको अवसरमा बेस्ट मिडिया एब हुलाकी पत्रले आयोजना गरेको बार्षिकोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेसका उपाध्यक्ष नारायण शर्मा, महासंघ नवलपुर अध्यक्ष होमराज रानाभाट, प्रेस संगठन का केन्द्रीय सदस्य बिद्रोही गिरी, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय महासचिव रामकुमार श्रेष्ठ, प्रेस युनियन नवलपुरका जिल्ला अध्यक्ष बिरेन्द्र पराजुली, डब्लुडब्लुजे नवलपुरकी अध्यक्ष धनु भुसाल, पत्रकार घनश्याम बगाले लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बेस्ट मिडिया एब हुलाकी पत्रका अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा तथा पत्रिकाका सम्पादक श्रीराम सिग्देलको सञ्चालनमा सम्पन्न भएको हो ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment