Sunday, October 6, 2019


खगेन्द्र पराजुली
१९ अशोज, नवलपुर । 

केही बर्ष यता दशै संस्कृति धेरै फेरिएको छ । समयक्रम र बिकासक्रम अनुसार हाम्रा धेरै पर्वका संस्कृतिहरु परिमार्जित हुदैं गएको आभास हुन थालेको हो । 

घटस्थापनासँगै शुरु हुने बडादशैका थुप्रै मौलिक संस्कृतिहरु लोपोन्मुख हुने अवस्थामा छन् । 

दशै लागेसँगै शुद्धताको प्रतिक रंगको रुपमा मानिने कमेरो माटो र संमृद्धिको प्रतिकको रुपमा मानिने रातो माटोले घर लिप–पोत गर्ने परम्परा अव कथा जस्तै भएको बुढा–पाका भईसकेका आमाहरु बताउनुहुन्छ । 
देबचुलीकी ५५ बषीया आमा दिना पराजुली भन्नुहुन्छ– हाम्रा पालामा त्यस्तै १० बर्ष अगाडीसम्म पनि दशै लागेसँगै दिदी–बहिनीहरु समूहमा भेला भएर एक दिनभरी लगायर जंगलबाट रातो र कमेरो (सेतो) माटो ल्याएर खेतबारीको काममा अर्म–पर्म गरे झैं समूहमै मिलेर घरको भित्र–बाहिर लिप–पोत गरिन्थ्यो । त्यतिबेलाका घर पनि त्यस्तै थिए । माटोले लिप्ने खालका । अहिले घर पनि पक्की बन्न थालेका छन् । केही माटोले लिप्ने खालका घर भए पनि माटो ल्याएर लिप्न छोडिसकेका छन् । 

वहाँले यो पनि एउटा संस्कृति नै भएकोले प्राय धेरैका पक्की घर भए पनि पुरानो घर समेत जोगाएका प्रसस्त घर रहेकोले त्यस्ता घरलाई धेरै पटक नसके पनि बर्षको एकपटक कमेरो–रातो माटोले रग्याँउदा राम्रो हुने बताउनुहुन्छ । 

वहाँले यी बाहेक अरु थुप्रै परम्परागत र पुराना सामाग्री सहितका चलन बिर्सदै गएको बताउनुभयो । वहाँले चर्चित गीत जमाना फेरियो साईली सम्झदै भन्नुभयो– साच्चै नै जमाना फेरिएकै हो ढिकी, जाँतो, आगो बाल्ने अगेनो, रसेटो, घरायसी खानाका परिकार सेलरोटी पोल्नेदेखि सबै थोकमा परिवर्तन आएको छ । अहिले त मान्छे यति ब्यस्त बन्यो कि काम पनि छैन फुर्सद पनि छैन जस्तो भाको छ । यस्ता चिज बनाउन भन्दा बिकल्पमा पसलमा बनेका मिठाई नै दशैका पाहुर बन्न थालेको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *