Thursday, October 10, 2019


देबभूमी खवर–
२३ अशोज, नवलपुर । 

नवलपुरको कावासोती स्थित डण्डामा सडक दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । 

गएराती पुर्व पश्चिम लोकमार्गअन्तर्गत मध्यबिन्दु जिल्ला अस्पताल अगाडी बस र जीप एक आपसमा ठोक्किदा जीप चालक पश्चिम नवलपरासी साबिक जमुनिया गाबिस ४ का २४ बर्षका बलियार सुनुवारको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभएको छ ।

पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना.७ ख. ५८१५ नंवरको बस र बिपरित दिशाबाट आउदै गरेको लु २ च ६०७० नंवरको केरा लोड भएको बोलेरो जीप एक आपस मा ठक्कर खादा दुर्घटना भएको हो । 

दुर्घटनामा परी अन्य ८ जना यात्रु सामान्य घाईते भएकाले मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार पछि डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेका साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *