खगेन्द्र पराजुली
२४ अशोज, नवलपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि नवलपुरको आयोजनामा आज २ वटा शोक सभा सम्पन्न भएका छन् ।
नेकपा जिल्ला कमिटि नवलपुरका सदस्य पद्मा जिसी श्रेष्ठका पिता रोमलाल जिसी दिबंगत हुनुभएको नवौ पुण्य दिन र नेकपाका नेता तथा पुर्व साँसद मझिलाल थारु थनेतका पिता शिखाराम थनेत दिबंगत हुनुभएको छैठौं पुण्य दिनमा आज छुट्टाछुट्टै शोक कार्यक्रम भएका हुन् ।
नेकपा जिल्ला कमिटि नवलपुरका अध्यक्ष एवं गण्डकी प्रदेशका साँसद रोशन गाहामगरको अध्यक्षतामा भएको शोक सभामा दुबै स्वर्गीय पितालाई श्रद्धाञ्जली तथा परिवारलाई समबेदना ब्यक्त गर्न संघीय साँसद एवं नेकपा केन्द्रिय कमिटि सदस्य नवलपुर ईन्चार्ज तिलक महत, केन्द्रिय सदस्य तथा सह–ईन्चार्ज किशन शर्मा गैह्रे, लगायत जिल्ला स्थित नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
शोक कार्यक्रममा ईन्चार्ज महतले बुवाहरुको निधनले नेकपालाई ठूलो क्षति पुगेको भन्दै यो शोकले परिवार मात्र नभई सिंगो पार्टी र यो समाज समेत मर्माहत भएको बताउनुभयो ।
admin

0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment