Friday, October 11, 2019


खगेन्द्र पराजुली 
२४ अशोज, नवलपुर ।

जनताको शान्ति, सुरक्षा बिकृति बिसंगतीको न्यूनीकरण र समाजलाई अमनचयन कायम राख्न नेपाल प्रहरीले आफ्नो स्थापनाकालदेखि अहम् भूमिका निर्वाह गरेकोमा बक्ताहरुद्धारा नेपाल प्रहरीको प्रशंसा गरिएको छ । 

बि.सं. २०१२ साल अशोज मसान्तमा बिधवत् रुपमा स्थापना भएको नेपाल प्रहरीले आफ्नो स्थापनाको ६४ औं प्रहरी दिवसको अवसरमा नवलपुर जिल्ला प्रहरी कार्यालयद्धारा कावासोतीमा आज आयोजित कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले शहिद अमर प्रहरीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा अमर प्रहरीको बलिदानीको उच्च सम्मान गर्दै राष्ट्रिय एकताका निम्ति शहिदले देखाएको बाटोभन्दा अलग दिग्भ्रमित नहुनु नै सच्चा श्रद्धा सुमन हुनेमा जोड दिएका थिए । 


कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका नवलपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले देश र जनताप्रतिको उत्तरदायित्व निर्बाह गर्दागर्दै शहादत प्राप्त गरेका शहिद अमर प्रहरीका परिवारलाई दोसल्लाद्धारा सम्मान गर्नुभयो । 


दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय नवलपुरले उत्कृष्ट प्रहरीका रुपमा प्रहरी कर्मचारी सम्मान गरेको हो । 
शहिदप्रति श्रद्धाञ्जली स्वरुप शोक सलामी पछि प्रहरी स्मारक प्रतिमामा पुष्पमाला अर्पण गरिएको थियो । 


कार्यक्रममा गण्डकी प्रदेश साँसद बिष्णु लामिछाने, सामुदायिक सेवा केन्द्र नवलपुर कावासोती अध्यक्ष नारायणी भटराई,  जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पुर्व प्रहरी कर्मचारी, अमर प्रहरी परिवारका सदस्यहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


जिल्ला प्रहरी प्रमुख एसपी मोहन प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटको स्वागत मन्तव्य रहेको थियो । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *