खगेन्द्र पराजुली
२५ अशोज, नवलपुर ।
नवलपुरको पहाडी सडकखण्डमा जीप दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएको छन् ।
आफन्तकोमा पुगेर दशै मनाएर फर्कने क्रममा देबचुली ४ का २७ बर्षका हरि अधिकारी क्षेत्रीको उपचारका क्रममा ज्यान गएको हो ।
शुक्रवार साँझ पाल्पाको रामपुरबाट नवलपुरको दलदलेका लागि छुटेको ग १ ज ६५०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाईते भएका देवचुली–१०, का २७ वर्षीय आशिस खनाल, सोही ठाउँका १९ वर्षीया सूचना पाण्डे, देवचुली–१, का ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखे्रलको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाईते भई उपचारका लागी पोखरास्थित मणिपाल अस्पताल पुर्याईएका अधिकारीको शुक्रवार राती नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment