Saturday, October 12, 2019


खगेन्द्र पराजुली
२५ अशोज, नवलपुर । 

कावासोतीमा बस, कार र मोटरसाईकल ठक्कर खाँदा ३ जना घाईते भएका छन् । आज पुर्व–पश्चिम मुख्य मार्ग अन्तर्गत कावासोती थानाचोकदेखि करीव १ किलोमिटर पुर्वमा भएको दुर्घटनामा मोटरसाईकलमा सवार २ जना र कार चालक सहित ३ जना घाईते भएका छन् । 

पश्चिमवाट पुर्वतर्फ जाँदै गरेको मोटरसाईकललाई सोही दिशावाट आउँदै गरेको वसले ओभरटेक गर्ने क्रममा बसको पछिल्लो भागले मोटरसाईकललाई ठक्कर दिदा अनियन्त्रित भएको वसले पुनः पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको अर्को कारलाई ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । 
लु १ ख ९१११ नम्वरको वस, ना ६३ प ३६७० नम्वरको मोटरसाईकल र बा १५ च २२९ नम्वरको कार दुर्घटनामा परेका हुन् । 

दुर्घटनामा परी मोटरसाईकलमा सवार कावासोती–१३ कुश्नहरीका २६ बर्षका प्रेमलाल गुरौ र सोही ठाउँका २२ बर्षका यमप्रसाद महतो तथा कार चालक काठमाण्डौ टोखा–२ का ५० बर्षका बुद्धिलाल श्रेष्ठ घाईते भएका छन् । 
गुरौ र महतोलाई नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी भरतपुर पठाईएको छ भने श्रेष्ठको नवलपुर अस्पतालमै उपचार भैरहेको छ । 

दुर्घटनामा परेका सवारी साधन र बस चालक जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको प्रहरी नायब निरीक्षक अर्जुन रानाभाटले बताउनुभएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।  

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *