Thursday, October 24, 2019


उर्मिला यादव, 
७ कार्तिक , परासी ।

महोत्सव लक्षित उद्योगी र राजनीतिकर्मीबीच परासीमा छलफल भएको छ । 

मंसिर २ गते देखि परासीमा आयोजना हुने नवलपरासी औद्योगिक ब्यापार मेला २०७६ बिषयमा उद्योग बाणिज्य संघका पदाधिकारी तथा स्थानिय राजनितिक दलका प्रतिनिधिबिच छलफल भएको हो ।

उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा राजनितिक दलका प्रतिनिधिहरुले मेलालाइ सफल बनाउनका लागी सहयोग गर्ने बताएका छन् । 

मेला सफल पार्नमा राजनितिक दलको भुमिका रहने भएकोले मेला अवधी भर कुनै पनि किसिमको बन्द हडताल नगर्न राजनितिक दलहरुले प्रतिबद्धता जनाएका हुन् । 

छलफल कार्यक्रममा उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीका बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी , उपाध्यक्ष राजेशकुमार गुप्ता, महासचिव गिरीराज पाण्डे , सचिव तारा आचार्य , नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष भबिश्वर तिवारी, नेपाली कांग्रेसका जिल्ला सचिव बिक्रम यादव, राजपा नेपालका जिल्ला अध्यक्ष मुकुरजी गिरी , समाजबादी पार्टी नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव , राप्रपा संयुक्तका जिल्ला सचिव माधवलाल श्रेष्ठ , स्वतन्त्र राजनितिक समुहका संयोजक राधेरमण पाण्डे , लगायतको सहभागिता रहेको थियो ।

पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले उद्योग बाणिज्य संघ परासीको आयोजनामा रामग्राम ४ मा यहि मंसिर २ गते देखि १५ गते  सम्म  कृषि  पर्यटन , उद्योग , ब्यापार , एवम सुचना प्रबिधिको बृहत प्रर्दशनीको  मेला आयोजना गर्न लागिएको उद्योग बाणिज्य संघ पश्चिम नवलपरासीले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *