२७ अशोज,
अन्तर-व्यवस्थापिका संघ (आइपियू)को १४१ औँ सम्मेलनमा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सर्भिया प्रस्थान गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सिनाको साथमा संघीय संसदको एक प्रतिनिधिमण्डल आइतबार सर्भियाको बेलग्रेड प्रस्थान गरेको हो । प्रतिनिधिमण्डलका केही सदस्य भने शुक्रबार नै सर्भिया गइसकेका छन् । अध्यक्ष तिमिल्सिना भने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कारण हिजो त्यसतर्फ प्रस्थान गरेका हुन्।
आइपियूमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रियसभा सदस्यहरू खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधिसभा सदस्यहरू देवप्रसाद तिमिल्सिना, इन्दुकुमारी शर्मा र रुही नाज रहेका छन्।
प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका तर्फबाट महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल सहभागी रहेका छन्।
आइपियू सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाललगायत १७१ राष्ट्रका संसद र अन्य ११ एसोसियट सदस्य रहेको आइपियूको १४१ औँ सम्मेलन अक्टोबर १३ देखि १७ सम्म चल्नेछ।
admin
0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment