Monday, October 14, 2019


२७ अशोज, नवलपुर ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले जबरजस्ती करणीको आरोपमा दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।
कावासोती नगरपालिका १० मगरकोटका २३ बर्षीय कृष्ण महतो र १६ बर्षीय अस्मित कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुले सँगै चटपट खाएर घर फर्कने क्रममा ति युवतीलाई घर नलगी खोलामा लगेर जबरजस्ती करणी गरेको युवतीले जनाएकी छन् । प्रहरीले युवतीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाएको जनाएको छ ।
पक्राउ परेका युवाहरुलाई थप अनुसन्धान भईरहेको र जबरजस्ती करणी अन्तरगत मुद्दा चलाउने तयारी भएको नवलपुर प्रहरीले जनाएको छ । पीडित युवतीका आफन्तका जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले आइतबार राती ५ जना जुवाडे पक्राउ गरेको छ । मध्यविन्दु–३ मा रहेको सोलेटारी होटलमा कौडा खेल्दै गरेका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. १४ बस्ने मदन श्रेष्ठ, मोतीराम महतो, प्रेम बहादुर थापा, भोजराज गिरी र युवराज महतो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

जुवाको खालबाट प्रहरीले नगद रु ६५ हजार ५ सय ९५ रुपैया सहित ८ थान मोवाईल सेट समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।  

स्रोतः दाउन्ने अनलाईन

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *