Sunday, October 13, 2019


देबभूमी खवर–
२६ अशोज, 

नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज आईतवार समझदारीपत्र आदान प्रदान गरिएको हो ।

समझदारीपत्रको पहिलो बुदामा सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र चीनको सम्झौता भएको छ भने दोस्रोमा सरकारी तहमा क्षमता अभिवृद्धिका लागि दुई देशबीच समझदारीपत्र बनेको छ त्यस्तै तेस्रोमा  अपराध मामिलामा आपसी कानूनी सहायतासम्बन्धी नेपाल र चीनबीचको सन्धिमा हस्ताक्षर भएको हो । 

यसैगरी चौथो बुँदामा सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारीपत्र बनेको छ भने पाँचौमा नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच क्षमता अभिवृद्धिका लागि लगानी र सहकार्यसम्बन्धी प्रमुख आयोजना प्रवद्र्धन गर्ने समझदारी भएको छ त्यस्तै छैठौमा चीनको छेङ्दुमा नेपालको ‘कन्सुलेट जेनरल’ राख्नेसम्बन्धी पत्र आदान–प्रदान भएको छ । 

समझदारीपत्रको सातौं बुँदामा चीन–नेपाल सीमापार रेल–वे को सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच सम्झौता भएको छ भने आठौ नम्वरमा काठमाडौं महानगरपालिका र चीनको नानजिङबीच भगीनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको छ । 

नवौ बुँदामा  बुटवल उपमहानगरपालिकाबीच र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता भएको उल्लेख छ त्यस्तै दशौं नम्वरमा परम्परागत उपचारमा सहकार्यसम्बन्धी समझदारी भएको छ । 

दुई देशबीच आदान प्रदान भएको  समझदारीपत्रको एघारौं बुँदामा प्रकोप जोखिम व्यवस्थापन र ‘इमरजेन्सी रेस्पोन्स’ सम्बन्धी गृह मन्त्रालयहरूबीच सम्झौता भएको छ बाहौं बुँदामा दुई देशका महान्यायाधीवक्ता कार्यालयबीच सहकार्यसम्बन्धी समझदारी भएको उल्लेख गरिएको छ । 

त्यस्तै, तेह्रौ बुँदामा त्रिभुवन विश्वविद्यालयमा कन्फ्यु–सियस संस्थान स्थापना गर्ने सम्बन्धी सम्झौता भएको जनाईएको हो भने चौधौं नम्वर बुदाँमा व्यापारसम्बन्धी संयुक्त कार्यदल स्थापना गर्नेबारे दुई देशका वाणिज्य मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज भएको समझदारीपत्रको पन्ध्रौ नम्वरमा नेपालबाट चीनमा साइट्रस फलहरूको निर्यातका लागि ‘फाइटो–स्यानेटरी रिक्वायर्स–मेन्ट’ प्रोटोकलको योजना बनेको छ भने सोह्रौं बुँदामा नेपालमा ‘चाइना–एड अर्थ–क्वेक मोनिटरिङ नेटवर्क प्रोजेक्ट’ लाई प्रमाणपत्र प्रदान गरिने भएको छ । 

समझदारीपत्रको सत्रौं बुदाँमा लगानी सहकार्य कार्यदल गठनसम्बन्धी दुई देशका अर्थ मन्त्रालयबीच समझदारी कायम गरिने उल्लेख छ भने अठारौं बुँदामा सुरुङ निर्माण सहकार्यबारे नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य एजेन्सीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यस्तै, उन्नाईसौं बुँदामा सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि ‘एक्सचेन्ज अफ् लेटर’ र बीसौं बुँदामा काठमाडौं उपत्यकामा चीन सहायताको पानी वितरण सुधार परियोजनाबारे सम्भाव्यता अनुसन्धान हुने समझदारी कायम भएको छ । 

तस्बीरः रासस

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *