Sunday, October 13, 2019


देबभूमी खवर–
२६ अशोज,  

नेपाल र चीनबीच २० वटा सम्झौतामा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा समझदारीपत्र आदान प्रदान गरिएको छ ।

समझदारीपत्रमा टोखा– छहरे सुरुङमार्ग निर्माण, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, मदन भण्डारी विश्व विद्यालय लगायत विषय समेटिएका छन् ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८  समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।

त्यस्तै, यसअघि सत्तारुढ नेकपाका नेताहरुसँगको भेटवार्तामा सीले मुख्यतः पाँच वटा विषयमा केही सुझाव सहित आफ्ना भनाई राख्नुभएको स्रोतले जनाएको छ ।

सीले नेपालले जुन राजनीतिक उपलब्धी तथा स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ, त्यसका लागि बधाई दिदै चीन सधैं साथमा रहने प्रतिवद्धता जनाउनुभएको हो ।

राष्ट्रपति सीले नेपाल र चीनको सम्बन्ध राम्रो भएकाले यसलाई अझ सुदृढ बनाउँदै नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुमधुर बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

वहाँले पार्टीमा स्वच्छता र सुशासन, अनुशासन महत्वपूर्ण रहेकाले यो भयो भने मात्र कम्युनिस्ट पार्टी र सरकारको जनतासँग राम्रो सम्बन्ध रहने चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव सुनाउनुभयो ।

सीले आफुहरु धेरै प्रतिकुलताका बीचमा पनि समाजवादको दिशामा नै अगाडि बढेको खुलासा गर्दै कम्युनिस्टले क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेको नभई चीनमा कम्युनिष्ट सरकारले जनतालाई उपलब्धीहरु दिन सकेका कारण यस्तो सम्भव भएको बताउनुभयो ।

त्यस्तै चिनिया राष्ट्रपति सीले नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र नभई थुप्रै प्रतिकुलताहरु रहेकाले नेपालको कम्युनिष्ट पार्टी र सत्ता बागडोर सम्हालेको कम्युनिष्ट सरकारले यसमा गम्भीर ध्यान पुर्याउन सुझाव दिनुभएको छ । 

नेकपाका अध्यक्ष एवं पूर्बप्रधानमंत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता गरेका हुन् ।
भेटमा वरिष्ठ नेता एवं पुर्ब प्रधानमंत्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनाल,  सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समेत  सहभागीता रहेको थियो ।

तस्बीरः रासस

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *