खगेन्द्र पराजुली
२५ अशोज, नवलपुर ।
देबचुली १२ मुक्तिक्षेत्रमा आगलागी हुदा एक गोठ जलेर नष्ट भएको छ । आज शनिवार दिउँसो करीब ४ वजेतिर लागेको आगो अहिले ६ बजेतिर नियन्त्रणमा आएको हो ।
स्थानीय सिद्धिनारायण भुसालको गोठमा लागेको आगो स्थानीय, दलदले अस्थायी प्रहरी चौकीका प्रहरी, औधोगिक सुरक्षा बल दलदलेको ससस्त्र प्रहरीको टोली र कावासोती नगरपालिकाको दमकलको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।
गत अशोज १२ गतेसम्म सोही घरमा सपरिवार बस्दै आउनुभएका भुसाल घटस्थापनाका दिन दलदलेस्थित आफ्नै घरमा वसाईसराई गर्नुभएको थियो अहिले २ सातादेखि सो घर खाली थियो ।
प्रहरीले आगो के कारणले लागेको पुष्टि गर्न नसके पनि स्थानीयले भने लुकीछिपी गाँजा–चुरोट खानेहरुको समूहको असावधानीका कारण आगो लागेको हुन सक्ने बताएका छन् ।
स्थानीयका अनुसार कोही नभएको घरमा आगो लाग्नुको अरु कारण पनि हुन सक्छन् तर सबैभन्दा धेरै आशंका धुम्रपानमा गर्न सकिन्छ । आगो लागेको गोठमा बिजुली सट भयो भन्न बिजुलीको तार पनि नभएको बताएका छन् ।
कंक्रिट पिल्लर सहित टीनको छानो भएको गोठमा पराल र काठपातहरु रहेका थिए ।गोठमा भएका सबै काठपात जलेर नष्ट भएका छन् । घरमा कोही नभएका कारण गोठमा पशु चौपाया समेत थिएनन् ।
कुनै पनि मानबीय तथा चौपायामा क्षति नपुगेपनि भौतिक क्षति भने कति भएको छ एकिन हुन सकेको छैन ।
admin


0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment