खगेन्द्र पराजुली
२५ अशोज, नवलपुर ।
कावासोतीमा सामाजिक सुरक्षा कोषको कानूनी ब्यवस्थाका बारेमा संस्थागत शैक्षिक संस्था सरोकारवालाबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कावासोती सेण्ट जोसेफ ईङ्लीस बोर्डिङ स्कूलको आयोजना तथा प्याब्सन नवलपुरको ब्यवस्थापकीय भूमिकामा आज शनिवार अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रियामा योगदानमा आधारीत सामाजिक सुरक्षा योजना सम्वन्धी कानूनी ब्यवस्थाका बारेमा अधिबक्ता हरिराज भटराईले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ऐन, नियमावली र कार्यबिधिमा भएका ब्यवस्था, श्रमिकको सुचीकृत, सुचिकरण सम्वन्धमा कोषले दिनसक्ने आदेश, कानूनी प्रावधानका बारेमा प्रकाश पारिएको थियो ।
वहाँले अशोज मसान्तभित्र रोजगारदाता र त्यसको ३ महिनाभित्र श्रमीकको सुचिकरण नभए रोजगारदाता संस्थाको स्थापना भएको मितिदेखिको रकम र ब्याज सहित दाखिला गराउने प्रावधान ऐनमा भएको बताउनुभएको छ ।
कावासोती सेण्ट जोसेफ स्कूलका प्रिन्सीपल कमल चापागाईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्याब्सन केन्द्रिय समितिका उपाध्यक्ष भरतबाबु कंडेल प्रमुख अतिथिका रुपमा रहनुभएको थियो ।
उपाध्यक्ष कंडेलले नीति, नियम, ऐन, कानून र नियमावली कार्यबिधि अनुसार नै कार्यान्वयन भएमा रोजगारदाता र श्रमीक दुबै पक्षको हितकारी हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
अन्तरक्रियामा नवलपुरका सम्पूर्ण संस्थागत बिद्यालका प्रमुख÷सञ्चालक वा प्रतिनिधिमध्येवाट उल्लेख्य उपस्थिति रहेको आयोजक बिद्यालय प्रशासनले जनाएको छ ।
admin



0 ▼प्रतिक्रिया हरु▼:
Post a Comment