Monday, October 14, 2019


खगेन्द्र पराजुली
२७ अशोज, नवलपुर । 

बनमा दाउरा काट्न गएकी एक महिला गैंडाको आक्रमणबाट गम्भीर घाईते भएकी छन् । 

आज बिहान सवा ९ बजे कावासोती १३ स्थित नमूना मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा दाउरा काट्न गएकी सोही ठाउँकी ३१बर्षिया आशा गुरुङ गैंडाको आक्रमणबाट घाईते भएकी हुन् । 

बन समितिले उपभोक्तालाई दशै तिहार लक्षित  दाउरा निकासा गर्न आज एक दिनका लागी बन खुलाएको बन समितिका अध्यक्ष खिलबहादुर गुरुङले जानकारी दिनुभएको छ । 

बिहान ९ बजे गेट खुल्ला गरी उपभोक्तालाई भित्र छिराए लगत्तै १०–१५ मिनेटमै गैंडाले मान्छे हानेको खवर थाहा पाएको वहाँले बताउनुभयो । 

घाईते आशासँगै उनका पति जीवन गुरुङ पनि बनमा गएका थिए । जीवन गुरुङका अनुसार गेटदेखि करीव ३–४ सय मिटर भित्र आशाले देखाएको रुखको हाँगा काट्न गएका बेला एक्कासी गैंडाले मान्छे हान्यो भन्ने आवाज सुनेर फर्कदा आशा घाईते अवस्थामा भेटिएको जनाईएको छ । 

आशाका पति जीवनका अनुसार उनको शरीर पछाडी कम्मर र साप्राको बीच भागमा गैंडाको सिंगले उझिन्दा गम्भीर चोट लागेको छ भने टाउको लगायत शरीरका अन्य भागमा चोट लागेको छ । 
घाईते आशाको भरतपुर स्थित एलाइभ हस्पिटलमा अप्रेशन भैसकेको छ भने अन्य थप उपचार भैरहेको परिवारले जनाएको छ । 

0 ▼प्रतिक्रिया हरु▼:

Post a Comment




Contact Form

Name

Email *

Message *